लकडाउनको बेला बैंकहरुले यसरी दिदैछन् सेवा, एटिएममा पैसा अभाव नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 11:36:39 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको बेला पनि वाणिज्य बैंकहरुले आधारभूत बैंकिंङ सेवा दिने भएका छन् । बाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले कठिन परिस्थितिमा सेवा दिने निर्णय गरेको हो 

जस अनुसार बैंकहरुले नियमित रुपमा सबै एटिएम मसिनहरुमा पर्याप्त रुपमा पैसा राख्ने भएका छन् । यस संगै ग्राहकले जुनसुकै बैंकबाट आफ्नो पैसा निकाल्न सक्ने छन् । संघले यस अघि नै जुन जुनसुकै एटिएमबाट पैसा निकालेपनि शुल्क नलाग्ने निर्णय गरिसकेको छ 

त्यस्तै संघ डिजीटल बैंकिंङ प्रयोग गर्न आग्रह गरेको छ र त्यस अवधिमा केहि समस्या आएर टेलिफोन र इमेलबाट सम्बोधन हुने ब्यबस्था गरेको जनाएको छ । साथै हरेक शाखामा बैंकहरुए २ जना सम्पर्क व्यक्तिको नाम राख्ने भएका छन्। यदि कुनै इमर्जेन्सी परेमा उनीहरुलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ । 

त्यस्तै एटिएम भएका शाखाहरु नखुल्ने भएका छन् भने एटिएम नभएका शाखाहरु केहि घण्टाको खोल्ने संघले जनाएको छ । वस्तु आयात गर्दा आवश्यक पर्ने एलसी, ग्यारेन्टी,  ट्रेजरीलगायतका सेवा चाहिएमा सम्बन्धित शाखाको सम्पर्क ब्यक्तिसंग समन्वय गर्न संघले आग्रह गरेको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved