भारतमा जस्तै नेपालमा पनि ब्याज र किस्तामा विशेष छुट दिँदै सरकार

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 29, 2020 | 04:52:12 PM मा प्रकाशित

laxmi bank

कोरोना भाइरसको कारण कम्जोर बन्दै गएको नेपालको अर्थव्यवस्था उकास्न नेपाल राष्ट्र बैंकले बिशेष प्याकेज ल्याउने भएको छ। बिश्वभर फैलिरहेको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे गरिएको अध्ययन र सरकारको निर्णयका आधारमा राहत प्याकेज घोषणा हुने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

नेपालमा कोरोनाको संक्रमण सामान्य रहेको अहिलेको अवस्थामा आर्थिक बर्षको असारमसान्तसम्म नेपालको अर्थतन्त्र प्रभावित हुने प्रारम्भिक अध्ययनले देखाएको छ। सोहिअनुसार बैंकबाट लिएको सावाँ ब्याज तिर्नलाई चैत मसान्तबाट असार मसान्तमा पुनतालिकिकरण गरिने भएको छ। 

त्यस्तै बैंकबाट लिएको ऋण तिर्नलाई सहज हुने, ब्याजदर पनि घटाउने र बैंकिङ प्रणालीमा तरलता सहज हुने गरि भारतको केन्द्रिय बैंकले जस्तै रिपोको दरमा कटौती गर्ने, सीआरआर अर्थात अनिवार्य नगद मौज्दातमा सहुलियत दिने लगायतका निर्णय गर्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ। आज अर्थात चैत १६ गते बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकले यी निर्णयहरु गर्ने जनाइएको छ। 

अहिलेनै पर्यटन उद्योग र यससँग जोडिएका चेन बिजनेश ट्राभल, होटल, हवाई तथा उड्डयन लगायत क्षेत्रमा कोरोनाको प्रभाव देखिएको र यो प्रभाव यथावत रहे अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले तत्काललाई प्रयटन र यससँग जोडिएका व्यवसायीलाई राहत दिने तयारिमा राष्ट्र बैंक रहेको स्रोतको भनाई छ। 

राहत प्याकेज अन्तर्गत तत्काललाई ऋण पुनतालिकिकरण गर्ने, भूकम्पको बेला पुनर्थान कोषबाट सहुलियत प्रदान गरेझैं दैनिक प्रकोप तथा पुनर्थान कोष जस्तै कुनै कोष खडा गरेर ब्याजमा सहुलियत दिने लगायतका सुबिधा दिन सकिने बिषयमा छलफल अघि बढेको बताइएको छ। 

स्रोतकाअनुसार पछि परिस्तिथि थप जटिल बन्न पुगेको अवस्थामा ऋण मिनाहा गर्ने लगायतका सुविधा राहत प्याकेजमा आउँन सक्नेछ। अहिलेपनि बस्तु तथा सेवा आयात धान्न ८ महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको छ। तर कोरोनाको प्रभाव यथावत रहेमा रेमिट्यान्स र पर्यटन घट्न जाने हुँदा यसको नकरात्मक असर विदेशी मुद्राको सञ्चितिमा देखिने भएकाले केहि बस्तु तथा सेवा आयातमा कडाइ समेत हुन् सक्ने बताइएको छ। 

बिश्वभरका देशहरुले कोरोना भाइरसका कारण अर्थतन्त्रलाई धेरै प्रभावित हुन नदिन निजि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले बिभिन्न आर्थिक प्याकेजको घोषणा गरिसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved