बैंकका ऋणीलाई राहत, किस्ता ३ महिना ढिलो तिरे हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 07:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता ३ महिना ढिलो तिरे हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीले चैत्र मसान्त भित्र तिर्नु पर्ने किस्ता असार मसान्तसम्म लिने ब्यबस्था मिलाउन निर्देशन दिएको हो । 

चैत्र मसान्तसम्म भुक्तानी गर्नु पर्ने मासिक तथा त्रैमासिक किस्ताहरुको समयावधी थप गरी असार मसान्तसम्म कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । क्रेडिट कार्डको किस्तामा समेत यो लागु हुने र किस्तामा कुनै हर्जना, जरिवाना, वा थप शुल्क लिन नपाईने ब्यबस्था राष्ट्र बैंकले गरेको हो । त्यस्तै यस्तो कर्जालाई तल्लो वर्गमा बर्गिकरण गर्न नपाइने भएको छ । 

कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण यो ब्यबस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved