एनआईसी एशिया बैंकका ग्राहकलाई दराज अनलाईनमार्फत सामान किन्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 04:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेड NIC Asia Bank Limitedका ग्राहकहरुले दराज अनलाईनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउने भएका छन् । छुट दिने सम्बन्धी बैंक र दराजबीच समझदारी भएको बैंकले जनाएको छ । यस योजनामा सहभागी हुन चाहने बैंकका ग्राहकले चैत्र १८ गतेदेखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई Big Mart  का सामानहरू अनलाइन खरिद गर्नुपर्ने बैंकले जनाएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved