कोरोना रोकथामका लागि कुमारी बैंकले ७० लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 09:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा कुमारी बैंक Kumari Bank Limited  ले ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँका दरले बैंकले कूल ७० लाख रुपैयाँको सहयोग गर्ने भएको हो । 

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराउनु बैंकले जनाएको छ । 

चैत्र १८ गते बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यूलाई १० लाख रुपेयाँको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेको बैंकले जनाएको छ । 

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved