मेगा बैंकद्धारा कोरोना रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 04:44:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

बैंकको  सञ्चालक समितिले गरेको निर्णय अनुसार गण्डकी र सुदूरपश्चिमलाई शुक्रबार ५।५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ ।

बैंकका गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैयाँ बराबरकोे चेक हस्तान्तरण गरेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved