क-कसले पाउँछन् चैतभित्र ब्याज तिर्दा १० प्रतिशत छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 03:37:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दिएको १० प्रतिशत ब्याज छुटको सहुलियत पाउने नपाउनेबारे केहि अन्योल देखिएको छ । राष्ट्र बैंकले चैत्र १६ गते एकिकृत निर्देशन जारी गर्दै कोरोना भाइरसले ल्याएको आसहज परिस्थितिका कारण छुटको घोषणा गरेको हो । 

जस अनुसार चैत मसान्तभित्रै ब्याज तिर्ने ऋणीले तिरेको ब्याजको १० प्रतिशत छुट पाउने उल्लेख छ। यस्तो ब्याज छुट कस्ता ऋणीलाई हो भन्नेबारेमा ऋणीहरु माझ नै केहि अन्योल देखिएको हो। 

राष्ट्र बैंकले यो छुट सबै 'टर्म लोन' अर्थात किस्ताबन्दीमा ऋण लिएकाहरुलाई लागु हुने जनाएको छ। दिर्घकालिन ऋण, १ वर्ष भन्दा बढीको भाखा भएका ऋण, त्रैमासिक किस्ता तिर्नु पर्ने ऋण, निश्चित रकम किस्ता भुक्तानी गर्नु पर्ने प्रकृतिको ऋण, मासिक किस्ता तिर्नु पर्ने लगायतले यो सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ

'वार्किङ क्यापिटल लोन' अर्थात् चालु पुँजी कर्जाले भने ब्याजमा छुटको सुविधा पाउने छैनन् । यस्ता ऋणीलाई ऋण तिर्ने समयअवधि थप हुने तर ब्याजमा भने छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुस राष्ट्र बैंकको यस सम्बन्धि ब्यबस्था : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved