बैंकर भन्छन् 'भ्रमको पछि नलागौं, ग्राहकको खातामा इसेवाको पहुँच हुदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 10:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो घटनाक्रमलाई जोडेर एफवान सफ्ट र इसेवासँग जोडिएका बैंक वित्तीय सँस्थामा ग्राहकको खाता असुरक्षित रहेको प्रचारबाजी भएको छ। आफुलाई नेपालकै पहिलो पत्रिका भन्ने राष्ट्रिय दैनिक देखि दर्जनौं अनलाइन मिडियाहरुले एफवान सफ्टसँग जोडिएका बैंक वित्तीय सँस्थामा जनताको खाता असुरक्षित रहेको समाचार लेखेका छन्। 

तर  एफवान सफ्टले नै मोबाइल तथा इन्टरनेट बैंकिङ हेरिरहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले न्युज डिलेट भएको घटनाले आफुहरुले असुरक्षित महसुस नगरेको बताए। आफुहरुले उक्त संस्था अर्थात एफवान सफ्टसँग लामोसमयदेखि काम गरिरहेको र उक्त सँस्था सरकारबाट नै मान्यता प्राप्त तथा विश्वासिलो संस्था भएकाले अविश्वास गर्नुको कारण नभएको उनले बताए। 

यसबारे बैंकहरुको छाता संगठन एनबिएले आधिकारिक धारणा दिने भएपनि आफ्नो बुझाईमा एफवान सफ्टसँग गरिएका प्रत्येक सम्झौतामा बैंक नै बलियो रहेकाले ग्राहकले कुनै पनि चिन्ता लिनु नपर्ने बताए।

"अहिले इसेवालाई जोडेर ग्राहकको खातामा केहि हुन्छ कि भन्ने कुरा बजारमा आएका छन तर त्यस्तो कुनै सम्भावना छैन" उनि भन्छन,  "एकातर्फ नेपालमा तेस्रो पार्टी भुक्तानीको सुविधा छैन भने अर्कोतर्फ आफ्नो खातामा के गर्ने के नगर्ने भन्ने अधिकार र पहुँच ग्राहकको मात्रै हुन्छ, बैंकहरुले इसेवा मात्र नभई सेलपे, आइएमई पे, खल्ती, प्रभु पे सबै पेमेन्ट गेटवे सँग मिलेर गेटवेको सेवा दिइरहेका छन्, तर यसको अर्थ उनीहरुसँग ग्राहकको खाताको पहुँच हुन्छ भन्ने कुरा निराधार हो।" 

त्यस्तै एफवान सफ्टले नै निर्माण गरेको मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत ग्राहकलाई सेवा दिइरहेको अर्को बैंकका प्रमुख कार्यकारी अधिकृतले समेत बाहिर बजारमा भनिएजस्तो र लेखीएजस्तो जोखिम नरहेको बताए। प्राविधिक बिषय भएकाले आफुलाई धेरै जानकारी नभएपनि ग्राहकको खातामा हुने गतिबिधिको सम्पूर्ण जिम्मेवार सम्बन्धित बैंक वित्तीय संस्थाको हुने भएकाले कुनै बैंक संस्थाले आफु तल पर्नेगरि काम नगर्ने उनले स्पष्ट पारे। 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कुनै अनलाइन पोर्टलको न्युज डिलेट गरेजस्तो बैंकको डाटा आफुखुसि प्रयोग गर्ने अधिकार र क्षमता नेपालका कुनै पनि कम्पनीसँग नभएको बताए। 

उनि भन्छन, नेपाल मात्र नभई बिभिन्न देशमा नेपालका बैंकको डाटा छन, बैंकहरुले बिभिन्न तेस्रो कम्पनीसँग मिलेर ग्राहकलाई जति सक्दो धेरै, सहज र सुरक्षित सेवा दिइरहेका हुन्छन तर यसको यर्थ सम्बन्धित कम्पनीले आफूखुसी ग्राहकको खाता प्रयोग गर्न पाउँछन भन्ने हुदैन। 

उनि अघि थप्छन, बाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले नियमन गरेको हुन्छ र राष्ट्र बैंकले दिएको मापदण्डमा रहेर सूचना तथा प्रविधिको काम गर्नुपर्छ, त्यसमा पनि अहिले नाम जोडिएको इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति तथा नियमन हुने सँस्था हो।  इसेवाले गेटवे मार्फत कारोबार गर्ने हो, ग्राहकको खातामा के कति पैसा हुन्छ भन्ने कुरा इसेवालाई थाहा हुदैन त्यो एक्सेस पनि हुदैन।

यो पनि:चार युवाको व्यवसायिक कथा: स्वदेश रोज्दा नेपालीको हात हातमा बैंक

सीईओ दाहालले भ्रममा नलाग्न आग्रह गर्दै न्युज डिलेटको घटनासँग इसेवाले दिने सेवालाई जोडेर हेर्न नहुने बताए। पछिल्लो समय बजारमा देखिएको घटना क्रमलाई थप गहिराईमा अध्ययन गर्नलाई आफुहरुले आफ्नो सूचना प्रविधि केन्द्र तथा आइटी कमिटिलाई भनेको बताए।  हाम्रो आइटी कमिटिले अध्ययन गरिरहेको छ, उसको सुझाबमा अर्को कदम चाल्छौं। "

त्यस्तै नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान बिभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले ग्राहकको तथ्यांक, सूचना र सम्पत्तिको सुरक्षा गर्न, तोडमोड तथा म्यानुपेलेट र दुरुपयोगको अधिकारि कसैसंग नभएको बताउँछन। 

इसेवासँग जोडिएको बिषयमा राष्ट्र बैंकको सूचना प्रविधि बिभागले सबै बैंक वित्तीय संस्थासँग समन्वय  गरिरहेको बताउदै प्रवक्ता भट्टले ग्राहकको खातामा पहुँच राख्ने  अधिकार बैंक वित्तीय सँस्था बाहेकका संस्थासँग नभएकाले ग्राहकहरु आत्तिनु नपर्ने बताए।  इसेवा आफैंमा राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था भएकाले यो सँस्थालाई पनि राष्ट्र बैंकले नियमन गर्ने भएकाले ग्राहक आत्तिनु नपर्ने उनले बताए। 

एफवान सफ्टले नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ। एफवान सफ्टको भगिनी सँस्था इसेवा नेपालको मात्र नभई फिनटेक प्रविधि भित्र्याउनेमा दक्षिण एसियाकै पहिलो कम्पनी हो भने नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवेको अनुमती प्राप्त गर्ने पहिलो संस्था पनि हो। 

'राष्ट्र बैंकले हामीलाई एक रुपैयाँ पनि होल्ड गर्ने अनुमती दिएको छैन'

सन २००८ मा स्मार्ट फोन र इन्टरनेट आएसंगै नेपालमा फिनटेक को अवधारणा सुरु भएको हो। करिब १० बर्षअघि सन् २००९ मा नेपालको बजारमा इसेवाको प्रवेश भयो। यसलाई नेपालमा फिनटेक युगको प्रस्थानबिन्दु समेत भनिन्छ। 

आजको दिनमा नेपालमा जतिवटा बैंकसंग मोबाइल बैंकिंङ छन त्यो सबै एफवान सफ्टले नै बनाएको हो। नेपालमा वालेटमा इसेवाले जुन क्रान्ति ल्यायो त्यसै गरि मोबाइल बैंकिंङमा एफवान सफ्टले क्रान्ति ल्याएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माको दाबि छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved