नयाँ गभर्नरलाई बास्कोटाको सुझाव 'नबिल बैंकले विदेश पठाउने अर्बौ लाभांश रोक्नुस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 10:54:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व संचार मन्त्री गोकुल बास्कोटाले चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौ रकम विदेश लागेको दाबी गर्दै त्यसलाई रोक्न माग गरेका छन् । बास्कोटाले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिएका हुन् ।

शुभकामना दिदै बास्कोटाले भनेका छन् 'एन बि ईन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शि कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनि बाटाेबाट लाभांशका नाममा विदेश पठाउंदै गरेकाे अर्बाै रकम राेक्न सक्नुहाेस्' ।

बास्कोटाले भनेको एनबि इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपले एनबि इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबि समुहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबि समुह मार्फत विदेश जान्छ । पुर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैर कानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नव नियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।

मन्त्री रहदै बास्कोटा चौधरी समुह बिरुद्द खरो रुपमा उत्रिने गरेका थिए । उनैले चौधरी समुहको सिजी टेलिकमको लाईसेन्स खारेज समेत गरिदिएका थिए। अहिले फेरी बास्कोटाले चौधरी ग्रुपको एनबि समुहमाथि कानुनी कारवाही गर्ने आशयको सुझाव दिएका हुन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved