महालक्ष्मी विकास बैंकले कोरोना रोकथामका लागि ५० लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 04:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेड Mahalaxmi Bikas Bank Limited ले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैकले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ । 

बैंकले प्रदान गर्ने उक्त सहयोग रकम नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved