कोरोना राहत कोषमा तिनाउ मिसन डेभलपमेण्ट बैंकको १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 03:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेण्ट बैंकले  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) को रोकथाम तथा राहत कोषमा १० लाख रूपैयाँ सहयोग गरेको छ ।

संक्रमितको उपचार तथा विपन्न परिवारलाई खाद्यान्न वितरणका लागि स्थापना गरिएको राहत कोषमा बैंकका अध्यक्ष टिकाराम घिमिरे, संचालक समिती सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संयुक्त रूपमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई बुधबार हस्तान्तरण गरेका हुन् । बैंकको ५४ वटा शाखा कार्यालय रहेको स्थानका स्थानीय तहमा समेत १० लाख रुपैयाँ  बरावरको राहत सामाग्री वितरण गरेको बैंकले जनाएको छ । 

उक्त राहत रकम एवं सामाग्री वितरणको लागि बैंकका सम्पुर्ण कर्मचारीहरुले १ दिनको पारिश्रमिक योगदान गरेका छन् र बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कोषबाट योगदान गरेको जानकारी गराइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved