सनराइज बैंकद्धारा सेती प्रादेशिक अस्पताललाई २५ थान पिपिई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 05:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक  Sunrise Bank Limited  को सुदूर पश्चिम प्रादेशिक कार्यालयले २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि २५ थान व्यक्तिगत सुरक्षात्मक (पिपिई) हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई प्रदान गरेको बताए । 

बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पिपिई उपलब्ध गराएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved