राष्ट्र बैंकले ४० करोडको बचतपत्र निष्काशन गर्ने, १० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 08:52:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैशाख १ गतेदेखि ४० करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गर्ने भएको छ।  बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले बैशाख १ गतेदेखि असार २१ गतेसम्म बचतपत्र निष्काशन गर्न लागेको हो 

उक्त बचतपत्रमा बैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर आवाशीय नेपालीले पनि आवेदन दिन सक्ने छन् । त्यस्तै बैदेशिक रोजगारीबाट फर्केका तर ६ महिना पुरा नभएका नागरिकले आफ्ना परिवारको सदस्यको नाममा बचतपत्र खरिद गर्न सक्ने छन् । 

५ वर्षे अवधिको यस  बचतपत्रमा बैंकले वार्षिक १० प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ । ब्याजको भुक्तानी हरेक ६-६ महिनामा हुने छ भने सावाँको भुक्तानी ५ बर्षपछि हुने छ । यसरी प्राप्त हुने ब्याजमा कर भने लाग्ने छ । यो बचतपत्र चाहेको बेलामा बिक्रि गर्न सकिन्छ भने यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने छ 

निम्न बिक्रि एजेन्ट तथा तिनको शाखा कार्यालय मार्फत बचतपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved