कुमारी बैंकका २ डेपुटी सीइओसहित दुई दर्जन कर्मचारीले जागिर छाडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2020 | 07:15:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकमा दुई दर्जन बढी कर्मचारीले एकै पटक जागिर छाडेका छन्। बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी सहित २८ जना उच्चपदमा कार्यरत कर्मचारीले बैशाख १ देखि लागू हुनेगरि जागिर छाडेका हुन्। 

जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय सहित कम्पनी सचिव नरेन्द्र छतकुली, मुख्य प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेड रहेका छन्। जागिर छाड्नेहरुले दुई बर्षको तलबवापतको भीआरएस स्वेच्छिक प्याकेज लिएर बाहिरिएको बैंक स्रोतले जनाएको छ। 

दुई बर्षसम्म कामू सीइओको रुपमा बैंक चलाएका राजीब गिरिलाई कार्यकारी सीईओ नदिएपछि बैंकमा असन्तुष्टि बढेको थियो। उनलाई सीईओ दिनुको साट्टो सिद्धार्थ बैंकमा कार्यरत सुरेन्द्र भण्डारीलाई सीईओ बनाएर ल्याएपछि विवाद चरमउत्कर्षमा पुगेको हो। 

त्यस्तै काष्ठमन्डप डेभलपमेन्ट बैंकमा सीईओ रहेका भण्डारीलाई 'माइनस' गरेर सेञ्चुरी छाडेका अनुजमणि तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर ल्याएपछि बैंकभित्र पुराना र नयाँ कर्मचारीबीच विवाद देखिएको थियो। जस कारण एकै पटक दुई दर्जन बढी कर्मचारीले बैंकबाट राजिनामा दिएका छन्। 

यद्दपी  विवाद भएर जागिर नछाडेको जागिर छाड्ने मध्येका एक कर्मचारीले बिजपाटीलाई बताए।कर्मचारी व्यवस्थापनमा समस्यामा फसेको कुमारी बैंकले हालै मात्र देव विकास बैंकलाई मर्जर गर्ने सम्झौता गरेको छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved