लकडाउनमा बैंकको सेवाबारे गुनासो वा समस्या छ ? समाधान गर्न यी ३ मोबाइल नम्बरमा गर्नुस कल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2020 | 12:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले लकडाउनको बेला आउँन सक्ने समस्या सम्बोधन गर्नको लागि सम्पर्क व्यक्ति तोकेको छ । राष्ट्र बैंकले लकडाउन बेला बैंक तथा वित्तीय संस्थाको सेवा उपयोग गर्दा आउने समस्या तथा जिज्ञासा समाधान गर्नको लागि राष्ट्र बैंक कै उच्चा अधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकेको हो ।

जस अनुसार राष्ट्र बैंकले सेवाग्राहीलाई हुन् सक्ने समस्या तथा जिज्ञासालाई ३ विषयमा बर्गिकरण गरी ३ जना कार्यकारी निर्देशकहरुलाई सम्पर्क व्यक्ति तोकेको हो । 

राष्ट्र बैंकले बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको सावाँ ब्याज तिर्ने लगायतका बैंकिंङ कारोबार सम्बन्धि सबन्धि समस्या तथा गुनासो भए देवकुमार ढकाललाई सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै रेमिटेन्स, विदेशी मुद्रा सटही, टीटी, एलसी लगायतका विदेशी विनिमय कारोबार सम्बन्धि गुनासो तथा समस्या भए बम बहादुर मिश्रलाई सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड लगायतका डिजिटल बैंकिङ कारोबारमा समस्या हुने सेवाग्राहीले रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

 बैंक तथा वित्तीय सस्थाको सेवालाई थपप्रभावकारी बनाउन यसले सहयोग गर्ने राष्ट्र बैंकको विश्वास रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved