एनआईसी एसियाबाट ऋण लिएकालाई बैंकले दियो यस्तो सहुलियत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 08:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया NIC Asia Bank Limited बैंकले आफ्ना ऋणीहरुलाई विभिन्न सहुलियत प्याकेज घोषणा गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार ऋणीहरुको लागि सहुलियत प्याकेज घोषणा गरेको हो ।

जस अनुसार बैंकले कर्जा सुविधा उपयोग गरेका सम्पुर्ण ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १०% ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने जनाएको छ।

बैंकका अनुसार यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने  तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम नहुने बैंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved