३५ अर्ब आन्तरिक ऋण उठाउदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 02:06:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले थप ३५ अर्ब रुपैयाँ अन्तरिक ऋण उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले  सरकारका लागि आन्तरिक ऋण उठाइदिन लागेको हो।

राष्ट्र बैंकले तीन वर्षपछि परिपक्व हुने गरी विकास ऋणपत्रमार्फत ३५ अर्ब उठाउन लागेको हो। यो  ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले पनि खरिद गर्न पाउँछन्।

ऋणपत्रको ब्याज भुक्तानी अर्द्धवार्षिक रूपमा हुने छ।  यो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि लिन सकिने राष्ट्र बैंकले जनाएको छ।ऋणपत्रको ब्याज दर भने बोलकबोलका आधारमा निर्धारण हुने छ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टका अनुसार सरकारले यस आर्थिक बर्ष कुल १ खर्ब ९५ अर्ब आन्तरिक ऋण लिने लक्ष्य राखेको थियो। जसमा ९५ अर्ब  चैतमा उठाईसकिएको छ।प्रबक्ता भट्टका अनुसार अब उठाउन पर्ने आन्तरिक ऋण १ खर्ब ३९ अर्ब ४० करोड हो, यस मध्ये अहिले ३५ अर्बको बिकास ऋणपत्र बिक्रि गर्न लागेको हो । बाँकी रकम यसै आर्थिक बर्ष भित्र उठाइने उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved