सरकारले ३५ अर्बको ऋणपत्र बिक्रि गर्ने, सर्वसाधारणले पनि किन्न पाउने, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 09:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यहि आइतबार थप ३५ अर्ब रुपैयाँ ऋण बजारबाट उठाउने भएको छ। गत चैतमा मात्र ५५ अर्ब आन्तरिक ऋण उठाएको सरकारले विकास ऋणपत्रमार्फत ३५ अर्ब उठाउन लागेको हो। 

सरकारले आइतबार बिक्रि गर्न लागेको  ऋणपत्र तीन वर्षपछि परिपक्व हुने छ। यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले समेत खरिद गर्न सक्छन।  यो ऋणपत्रको धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिन्छ। 

ऋणपत्रको ब्याज भुक्तानी बर्षमा दुई पटक हुनेछ भने यसबाट प्राप्त हुने ब्याजमा ५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। ऋणपत्रमा लगानी गर्न चाहनेले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्छन्।

राष्ट्र बैंककाअनुसार प्रतिस्पर्धीका लागि ३५ अर्ब मध्ये २९ अर्ब ७५ करोड रुपैयाँ  छुट्याईएको छ भने बाँकी ५ अर्ब २५ करोड अप्रतिस्पर्धीलाई छुट्याइएको छ। ्ऋणको ब्याजदर लिलाम बढाबढबाट निर्धारण हुने नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए। 

सरकारले चालू आर्थिक बर्षमा १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा चैत महिनामा मात्र ५५ अर्ब ऋण उठाएको छ भने ३५ अर्ब यहि आइतबार उठाउने भएको छ। गत चैतमा सरकारले ५५ अर्ब मध्ये २५ अर्बको ट्रेजरी बिल र ३० अर्बको बिकास ऋणपत्र बिक्रिगरेको थियो। 

सरकारले यसअघि १ अर्ब रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र तथा ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्रिमा ल्याईसकेको छ। यस हिसाबले सरकारले यस आर्थिक बर्षको असारमसान्त भित्र अब १ खर्ब ऋण उठाउनुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंक सरकारको बैंक भएकाले सरकारका लागि राष्ट्र बैकले ऋण उठाउने गर्दछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved