कोरोनाविरुद्ध लड्न नेपाल एसबिआई बैंकको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2020 | 08:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्यमन्त्री लाल बावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५/ ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । 

उक्त कार्यक्रम अन्तर्गत बाँकी रहेका प्रतेक प्रदेश सरकारलाई रकम पाँच लाख  रुपैयाँ र केद्रिय सरकारलाई पचास लाख  रुपैयाँ अविलम्ब उपलब्ध गराइने बैंकले जनाएको छ । 

साथै, बाँकी रहेको  १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved