सिटिजन्स बैंकले भर्चुृअली मनायो वार्षिकोत्सव, ल्यायो ८.२५ प्रतिशत ब्याज दिने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 03:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । बैंकले कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ ।

बैंकले १३ वर्षको अवधिको उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर डिजिटल प्रस्तुति समेत तयार पारी सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण समेत गरेको छ ।   बुलेटिनमा बैंकको प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेशरहेको जनाएको छ। 

बैंकले वार्षिकोत्सव को अवसरमा “सिटिजन एक्स्ट्रा फिक्स डिपोजिट ” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा रू १ लाखको न्यूनतम मौज्दातमा खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् । 

  बैंकले ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved