लकडाउनको बेला पनि काम गरिरहेका व्यवसायीहरूलाई एनआईसीले क्युआर कोड दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 09:39:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ । लकडाउनको कारण ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

जस अनुसार ग्राहकले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ । बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत सहज रुपमा क्यु आर कोड प्रदान गर्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकले मोबाइल बैंकिङ्ग (क्यु आर कोड समेत) बाट प्रतिदिन १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved