एलसी खोलेर हुने सामान आयातमा नयाँ ब्यबस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 02:04:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मको लागि नयाँ ब्यबस्था गरेको हो ।

जस अनुसार विभिन्न शर्त पुरा गरी ईसुइङ बैंकले कपि डकुमेन्ट्सको आधारमा भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको हो । डिएपी र डिएए मार्फत हुने आयातको हकमा भने यो लागु हुने छैन । 

त्यस्तै राष्ट्र बैंकले व्यापारिक फर्महरुले खोलेका एलसीको अवधि २०७७ साल असार मसान्तसम्म थप्न सकिने ब्यबस्था गरेको छ । यसरी थप गरिएको अवधिमा शुल्क वा ब्याज तिर्नु परे सो को पनि सिलिङ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुस राष्ट्र बैंकको नयाँ ब्यबस्था : 





 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved