एनआईसी एशियाका ग्राहकलाई अनलाईन खरिदमा नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 06:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकहरुले अनलाइन डेलिभरीका माध्यमहरूबाट केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद गर्दा छुट पाउने भएका छन् । 

यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने बैंकले जनाएको छ । 

Foodmandu, Gyapu Market Place तथा UG Cakesमार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ । 

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved