सनराइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौँ अरगेन्किसमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 03:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । 

ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस प्रालि र काठमाडौं अरगेन्किसबाट सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यु.आर कोड प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 

नेपमेडसले उपत्यकाका ग्राहकहरुलाई घरमै औषधी पुर्याउँदै आएको छ । त्यस्तै, काठमाडौं अरगेन्किसले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । 

बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै  आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved