नेपाल बैंकले पायो ‘ए’ स्तरको रेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 08:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैक लिमिटेडले ‘ए’ स्तरको रेटिङ पाएको छ । विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो ।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिने बताएका छन् ।

बैंकद्वारा वित्तीय दबाबलाई व्यववस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानूनी प्रभावको मूल्याङ्कन, पूजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग पुग्ने उल्लेख प्रवक्ता अधिकारीले उल्लेख गरेका छन् ।

सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पूँजी कोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इण्डष्ट्रिजको जोखिम आदिजस्ता तथ्यको आधारमा नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा पर्न सफल भएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved