मेगा बैंकका ग्राहकहरुलाइ घरमै स्वास्थ्य सेवा र औषधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 04:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपालका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । बैंक र अस्पतालबीच सेवा सम्बन्धमा भएको सम्झौता संगै बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।  

सम्झौता अनुसार केयरले लकडाउनमा पनि घरमै पुगेर बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो । बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ । 

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले बैंकले केयरसँग सम्झौता गरेको जानकारी गराएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved