सनराइज बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई २५ थान पीपीइ हस्तान्तरण गरेको जनाएको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरेकोे बैंकले जनाएको छ ।
हालसम्म बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० थान भन्दा बढी पीपीइ उपलब्ध गराई सकेको जनाएको छ