अर्थतन्त्रमा कोरोनाको क्षति कम गर्न यी ६ कदम चाल्दै राष्ट्र बैंक, ब्याज छुट दिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 04:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण उत्पन्न महामारीबाट सिर्जित आजको विषम परिस्थितिसँग जुध्न विभिन्न नीतिगत ब्यबस्था गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकको ६५ औ वार्षिकोत्सवको अवसरमा आगामी दिनमा गरिने नीतिगत य्बस्थाबारे जानकारी दिएका हुन्  ।

गभर्नर अधिकारीले आजको विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको बताएका छन् । उनले संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा निम्न व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।

१. चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने ।

२.  कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने ।

३ . साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ । साथै, रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइने ।

४ .बैंकिङ क्षेत्रबाट हुने कर्जा पवाहलाइ  थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने ।

५. कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने ।

६ . लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved