राष्ट्र बैंकमा चिकित्सक र फार्मासिस्ट सहित ११ सय बढी कर्मचारी, १ वर्षमा ९५ जनाको अवकाश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 03:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा  चिकित्सक र फार्मासिस्टको पनि दरबन्दी छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर राष्ट्र बैंकमा  १० जना चिकित्सक, ४ जना इन्जिनियर, २ जना इलेक्ट्रिसियन, २ जना फार्मासिस्ट, ५२ जना चालक र ८५ जना सुरक्षाकर्मी गरी जम्मा १५५ जना करारमा कार्यरत रहेका छन् । 

राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तमा बैंकमा अधिकृतस्तरका ४९५, सहायकस्तरका ४४६ र श्रेणीविहिन कार्यालय सहयोगीस्तरका ११५ गरी कुल १,०५६ कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकका अनुसार कार्यरत कर्मचारीहरूमध्ये अधिकृतस्तर र सहायकस्तरका कर्मचारीबीचको अनुपात १ः०.९० तथा सहायक र कार्यालय सहयोगीस्तरका कर्मचारीबीचको अनुपात १ः१.१३ रहेको छ । 

राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्वितीय पदमा ६८ जनालाई र प्राविधिक सेवातर्फको सहायक द्वितीय पदमा १२ जनालाई मिति २०७६ साउन १ गते नियुक्त गरी पदस्थापन गरेको छ । २०७६ असार मसान्तसम्म रिक्त रहेको प्रशासन सेवातर्पmका विभिन्न ३ तह (सहायक निर्देशक –लेखा÷लेखापरीक्षक ८ जना, सहायक निर्देशक – प्रशासन २८ जना र सहायक द्वितीय – ३१ जना) का कुल ६७ पदहरुमा अनलाईनमार्फत दरखास्त संकलन गरी सबै तहको लिखित परीक्षा लोक सेवा आयोगमार्फत सम्पन्न भइसकेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार २०७५ चैत १ गतेदेखि २०७६ फागुन मसान्तसम्म कुल ९७ जना कर्मचारीहरू बैंक सेवाबाट अलग भएका छन् । बैंक सेवाबाट अलग हुनेमध्ये ८० जना सेवा अवधिको आधारमा र १५  जना उमेर हदको आधारमा अवकाश भएका छन् भने दुई जनाको राजिनामा स्वीकृत भएको बैंकले जनाएको छ । संघीय संरचनाअनुरुप हुनेगरी बैंकको संगठनात्मक संरचना तयार गर्ने एवम् बैंकको उत्तराधिकारी योजना तयार गर्ने जस्ता विषयवस्तुहरू समेटिएको नेपाल राष्ट्र बैंक, जनशक्ति योजना (२०७६÷७७–२०७८÷७९) सञ्चालक समितिबाट स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved