सनराइज बैंकका ग्राहलाई फूडमान्डुमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 02:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited का ग्राहकले घरमै बसेर सामान खरिद गर्दा छुट पाउने भएका छन् । बैंक र फूडमान्डुबीच भएको एक सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाएका हुन् । 

ग्राहकले फूडमान्डुबाट सामान अर्डर गरि बैंकको डेबिट, के्रडिट कार्ड तथा क्यूआर कोडद्वारा भुक्तनि गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास व्याक पाउने सम्झौतामा उल्लेख छ । अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यका भित्र मात्र लागस हुने बैंकले जनाएको छ । 

वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । यस्तै बैंकले  ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved