सनराइज बैंकद्वारा हस्पिटललाई पीपीई र मास्क वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 03:25:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ठिमीको मध्यपुर हस्पिटल र बनेपाको मेमोरियल हस्पिटललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जम्मा दूवै हस्पिटललाई १२।१२ थान पीपीई र मध्यपुर हस्पिटललाई २५ सय मास्क हस्तान्तरण गरेको हो ।

उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र मेमोरियल हस्पिटलका निर्देशक डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved