मेगा बैंकका ग्राहकहरुलाई घरमै खाद्यान्न सामाग्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 03:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  का ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । बैंक र होम सप्लाइजबीच डेलीभरी सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

यस्तै खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयाँसम्म छुट पाउने उक्त सहमतिपत्रमा उल्लेख छ । सामान खरिदका लागि सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved