एनआईसी एसियाले ऋणीहरुको लागि ल्यायो यस्तो राहत प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2020 | 06:25:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया NIC Asia Bank Limited ले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा ऋणीहरुको लागि अन्य सुविधा पनि ल्याएको छ । बैंकले वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो ।

बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना लागू गरेको जनाएको हो  ।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याज दरमा २% ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १०% को अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था बैंकले गरेको हो । बैंकले उल्लेखित छुटमार्फत थप १०% को साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउन अनुरोध गरेको छ ।

 यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले जनाएको छ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

बैंकले प्रदान गर्ने १०% छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने बैंकले जनाएको छ । साथै बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने बैंकले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved