राष्ट्र बैंकका गभर्नरसँग १ करोड बढीको शेयर, ११ वाणिज्य बैंक र ४ हाइड्रोमा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 03:50:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग १ करोड बढीको शेयर रहेको पाईएको छ  । गभर्नर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको सम्पति विवरणमा आफु र आफ्नो परिवारको सदस्यको नाममा १ करोड बढी लागत भएको शेयर रहेको उल्लेख गरेका हुन्  

उनीसँग हाल दोस्रो बजारमा कारोबार नै हुन् छोडेका नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा, ज्योति स्पिनिङ लगायतका औद्योगिक निकायको ११ सय कित्ता शेयर रहेको छ  । उनले यी शेयर ४५ हजार २ सयमा आईपिओ मार्फत खरिद गरेको उल्लेख गरेका छन्  ।

त्यस्तै उनले आफुसँग नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौँ, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, ग्लोबल आइएमइ बैंक , एनआईसी एसिया बैंक, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स लगायतका संस्थाहरुको १७ हजार १ सय ८४ कित्ता साधारण शेयर भएको उल्लेख गरेका छन्  । उनले यी शेयर अईपिओ, दोस्रो बजार, बोनस , हकप्रद मार्फत लिएको र यो शेयरको लागत ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ रहेको विवरण पेश गरेका छन्  ।

त्यस्तै उनीसँग नबिल ब्यालेन्स फण्ड २ को १ लाख ८० हजार इकाई  शेयर रहेको छ  । साथै गभर्नर अधिकारी र उनको परिवारको सदस्यको नाममा चिलिमे, एचआईडिसीएल, सानिमा माई, अपर तामाकोशी, लगायत  हाइड्रोको २७ हजार ९ सय २९ कित्ता शेयर रहेको छ  ।त्यस्तै उनले आफुसंग २७ तोला सुन को सुनका गहना तथा ५० तोला चाँदी र चाँदीको गहना रहेको उल्लेख गरेका छन्    ।

हेर्नुस उनीसँग रहेको शेयरको विवरण :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved