एनआईसी एशिया बैंकको पिओएस टर्मिनल र एटिएममा मास्टरकार्ड पनि चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 03:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  को पिओएस टर्मिनल तथा एटिएमहरूमा मास्टरकार्ड कम्पनीको  डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस्तो सुविधा ल्याएको हो ।

यससँगै मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पिओएस टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू जस्तै होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या यथेष्ट रहेकोले ग्राहकको सहजको लागि यस्तो सुबिधा ल्याएको बैंकले जनाएको छ । 

बैंकले यस विपतको घडिमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved