चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंक Himalayan Bank Limited को खुद नाफा १५.०५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष यसै अवधिको तुलनामा बैंकले २ अर्ब १ करोड नाफा गरेकोमा चालु वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर २ अर्ब ३१ करोड पुगेको हो ।
यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ । गत आवको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड थियो । बैंकको निक्षेप ६.३४ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १४.१६ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब पगेको छ । बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड पुगेको छ ।
हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ३७ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ९१ करोड रहेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३२.९६, नेट वर्थ १८४.५०, मूल्य आम्दानी अनुपात १५.१७ गुणा, बेस रेट ८.६ प्रतिशत, कोषको लागत ६.४७ प्रतिशत, सिसिडि ७७.०८ प्रतिशत र पुंजी पर्याप्तता अनुपात १३.४२ रहेको छ ।