नेपाल एसबिआई बैंकको वितरणयोग्य मुनाफामा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 09:25:25 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited को नाफा १०.१५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकले १ अर्ब ६० करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बैंकको नाफा घटेर १ अर्ब ४३ करोड कायम रहेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १० करोड ४३ लाख रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १७ करोड रहेको थियो । 

बैंकको निक्षेप ९.२७ प्रतिशतले बढेर  १ खर्ब ७ अर्ब पुगेको छ भने कर्जा १२.८३ प्रतिशतले बढेर  ९५ अर्ब २१ करोड पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३५ करोड रहेको यस वर्ष ६.४७ प्रतिशतले घटेर ३ अर्ब १३ करोड कायम भएको छ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ९५ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ७० करोड रहेको छ । बैंकको खराब कर्जा भने ०.१९ प्रतिशत रहेको छ । 

तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको प्रति शेयर आम्दानी २१.४१, नेटवर्थ १६३.६८, मूल्य आम्दानी  अनुपात १९.२४ गुणा, बेस रेट ९.८६ प्रतिशत, कोषको लागत ६.७९ प्रतिशत, सिसिडि ७५.६५ र पुंजी पर्याप्तता अनुपात १४.७४ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved