ब्याज ५ प्रतिशतले घटाउन व्यवसायीको माग, समाधान खोज्न बैंकर र एफएनसीसीआईको कार्यदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 11:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ र बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघ अर्थतन्त्रका बिभिन्न क्षेत्रमा कोरोनाको प्रभावबारे अध्ययन तथा विश्लेषण गर्न संयुक्त कार्यदल बनाएर अध्ययन गर्न सहमत भएका छन्। 

दुवै पक्षबीचका प्रतिनिधिबीच भएको भर्चुअल छलफल पश्चात बैंकर र व्यवसायीको समस्या समाधान गर्न कार्यदल गठन भएको संघका सीईओ अनिल शर्माले जानकारी दिएका छन्। 

कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल  आब्हान भएपनि अधिकांश समय ऋणको ब्याज दरका सम्बन्धमा के गर्ने भन्नेबारे दुवै पक्षबीच छलफल भएको बताईएको छ। व्यवसायीहरुले ऋणको ब्याजदर ५ प्रतिशतले घटाउन प्रस्ताव गरेपनि उक्त बिषयमा सहमति नजुट्दा अन्तत दुवैपक्ष कार्यदल बनाएर अध्ययन गर्न तयार भएका हुन्। 

बैंकिङ तथा उद्योग ब्यवसायी एक अर्काका परिपूरक रहेको र अहिलेको विषम परिस्थितिमा एकजुट भएर अगाडि बढ्नु पर्ने दुवै पक्षको निष्कर्ष रहेको सीईओ शर्माले बताए। कार्यदलले अहिलेको परिस्थितिको विश्लेषण तथा अध्ययनगरी सुझावहरु पेश गर्ने छ। 

कार्यदलमा बैंकर्स संघका तर्फबाट सनराइज बैंकका सीईओ जनक शर्मा पौडेल, सानिमा बैंकका जोखिम अधिकृत निश्चल पाण्डे र संघका सीईओ शर्मा छन्। महासंघका तर्फबाट बैंकिङ समितिका सभापति सौरभ ज्योति छन् भने अरु दुई जनाको नाम टुंगो हुन बाँकी छ। 

व्यवसायीहरुले ५ प्रतिशत ब्याज छुट माग गर्दै आएपनि बैंकरहरुले भने सबैलाई एकै डालोमा हालेर एकमुष्ट ब्याज छुट दिन नसकिने पक्षमा छन्। कोरोना प्रभावित व्यवसायीलाई मात्र ब्याज छुट दिने र यसरी व्यवसायीलाई ब्याज छुट दिंदा तिनका ग्राहकलाई पनि राहतको ग्यारेन्टी हुनुपर्ने बैंकरहरुको धारणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved