राष्ट्र बैंक चलाउन ४२ बुँदे मार्गदर्शन: कर्मचारीलाई 'वर्क फ्रम होम' को सुविधा, नोटमा स्प्रे अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 09:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीका लागि 'घरबाटै काम' लाई स्वीकृति प्रदान गरेको छ। लकडाउनको अनिश्चिततालाई मध्यनजर गरि राष्ट्र बैंकले कामको प्रकृति अनुसार कर्मचारीलाई घरबाटै काम गर्ने स्वीकृति प्रदान गरेको हो। 

आज सोमबार बैंकको सेवा संचालन मार्ग दर्शन २०७७ जारि गर्दै राष्ट्र बैंकले घरबाटै काम गर्न स्वीकृति प्रदान गरेको हो। त्यस्तै राष्ट्र बैंकले  कोरोना भाइरसबाट सुरक्षित रहेर बैंकिङ सेवालाई निरन्तरता दिने गरि मार्ग दर्शन जारि गरेको छ। 

राष्ट्र बैंकले बिभाग, कार्यालय, महाशाखा, र इकाईको कार्यलाई निरन्तरता दिने र जिम्मेवारि सम्बन्धित प्रमुखलाई नै दिने मार्ग दर्शनमा उल्लेख गरेको छ। घरबाटै काम गर्ने कर्मचारीले भने विभागीय प्रमुखको सम्पर्कमा निरन्तर रहनुपर्नेछ। 

राष्ट्र बैंकले घरबाटै काम गर्ने कर्मचारीलाई टेलिफोन र मोबाइल तयारी अवस्थामा राख्नु पर्ने निर्देशन दिएको छ भने आफ्नो इमेललाई समेत अद्यावधिक रुपमा राखी सम्बन्धित प्रमुखसँग निरन्तर सम्पर्कमा रहनु पर्ने बताएको छ। आफु कार्यरत बिभागको प्रमुखले सुचित गरेको समयमा भने घरबाटै काम गर्ने कर्मचारी कार्यलयमा उपस्थित हुनुपर्नेछ। 

त्यस्तै कोरोना भाइरस फैलिन नदिन राष्ट्र बैंकले सुरक्षा सतर्कतामा समेत बिशेष जोड दिएको छ। प्रत्येक कार्यालयमा अनिवार्य रुपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको ब्यवस्था गर्नु पर्ने छ भने बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समुहका कर्मचारीलाई सकेसम्म अनिवार्य पीपीई लगाउन र त्यसको सुविधा नभए एन९५ मास्क लगाउन निर्देशन गरेको छ। यसको खर्च राष्ट्र बैंक आफैंले ब्योहोरने जनाएको छ।

त्यस्तै बैंक वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्दी बाक्सा नै लिने तर केहिदिन पछि मात्र गणना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। दाखिला प्राप्त हुने नोट गणना गर्नुअघि संक्रमणरहित बनाउन नोटमा स्प्रे गर्नलाई राष्ट्र बैंकले निर्देशन गरेको छ। 

लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ। 

त्यस्तै सकेसम्म बैठक भर्चुअल गर्नेलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले बैठकनै डाक्नुपर्ने भए बिश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार बैठक राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।  

बैंकको सेवा संचालन मार्गदर्शन बैंक वित्तीय संस्थाको लागि हो भन्ने बुझाईले यसअघि अन्यथा भएकाले सच्याइएको छ- सम्पादक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved