सनराईज बैंकद्वारा मास्क र पीपीई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2020 | 07:17:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  ले चितवन मेडिकल कलेज र  महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई सहयोग गरेको छ । 

बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाएको भूमिका अतुलनीय रहेको बताए । 

त्यस्तै बैंकले बुधबार काभ्रेको महाभारत गाउँपालिकालाई १० थान पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले  गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved