बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई पीपीइ सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 04:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले बीर अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले बुधाबार अस्पतालका उपकुलपति डा देव नारायण शाहलाई उक्त पीपीई हस्तान्तरण गरेको हो ।  

बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको जनाएको छ । उक्त पीपीईले कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवाहरु प्रदान गरेको जनाएको छ । यस्तै बैंकले ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल माध्यमहरुको प्रयोगलाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved