नबिलबाट बर्खास्तबारे बैंकर अनिल शाहले दिए यस्तो प्रतिकृया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 05:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालक समितिले बर्खास्त गरेको भन्ने बजार हल्लाबारे बैंकर अनिल शाहले प्रतिकृया दिएका छन्। संचालकद्वारा बर्खास्त गरिएको भन्ने चर्चा बजार हल्ला भएको भन्दै आफुले पुरै कार्यकाल नबिल बैंकमै काम गर्ने शाहले बताएका छन् ।

'बजारमा आ आफ्नै ढंगले चर्चा हुन्छन' शाहले बिजपाटीसँगको कुराकानीमा भने, 'नबिल बैंकमा आएको दुई बर्ष भएको छ, अझैं दुई बर्ष नबिल मै रहन्छु।'

बैंकबाट शाह अलग हुन् लागेको बजार चर्चा चलेको बेला उनले अहिले अन्त कतै जाने आफ्नो योजना नरहेको स्पष्ट पारेका छन् । बैंकिंङ वृत्तमा शाह नबिलबाट अलग हुन् लागेको चर्चा चलेको थियो । 

बैंकको २०७५ असार ७ गते बसेको संचालक समितिको बैठकले त्यस बखत डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।  त्यस अघि शाह मेगामा थिए।  मेगा बैंकमा पदभार रहंदा नै सेन्चुरीमा जान तयार भएका शाह सेवा सुविधा नमिलेपछी नबिल गएका थिए। 

शाहलाई 'राष्ट्र बैंकको ६ महिने कुलिङ पिरियड' ले रोकेपछि नबिलले डिपुटी बनाएर नै बैंक भित्र्याएको थियो। कुलिङ पिरियड सकिएलगत्तै शाहलाई बैंकले चार बर्षका लागि  प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved