नबिल बैंक Nabil Bank Limited ले ‘नबिल जेन-एन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार उक्त खाता आफ्नै घरमा बसेर खोल्न सकिने आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो । जसमा मोबाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड लगायत थुप्रै प्रबिधिमैत्री सेवाहरुका साथै एनटीसी तथा एनसीएलको २ जीबी डाटा प्याकेज निःशुल्क जारी गरिएको जनाइएको छ ।
बैंकले ११८ शाखा, १७५ एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।