भाइवर र फेसबुकबाट एनएमबि बैंकको खाता खोल्दा नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 02:20:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा नगद छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार भाइवर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवार गर्दा १० प्रतिशत छुट र ५०० रुपैयाँसम्म नगत फिर्ता हुनेछ । 

यस्तै दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध रहेको बैंकले जनाएको छ । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको  बैंकले जनाएको छ । 

बैंकले ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकै प्रयोगले मुद्दती निक्षेप खाता खोल्ने नवीनतम सेवाहरु ल्याईएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved