सिटिजन्सद्वारा सहयोगीलाई प्राप्ति गर्ने प्रस्ताव परित, कति पुग्छ चुक्ता पुँजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 04:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  को पाचौं विशेष साधारण सभाबाट सहयोगी विकास बैंकलाई प्राप्तिगर्ने प्रस्ताव परित भएको छ । मंगलबार बसेको सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले राखेको उक्त प्रस्ताव परित भएको हो । 

त्यस्तै उक्त सभाले सहयोगी र सिटिजन्सबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको जनाइएको छ । सहयोगीको १०० कित्ता शेयरलाई सिटिजन्सको ९१.७५ कित्ता शेयर (१ः०.९१७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको सिटिजन्सले जनाएको छ । 

जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगीको मिति २०७७ ज्येष्ठ २४ गते सम्पन्न विशेष साधारण सभाले समेत सिटिजन्ससंग प्राप्ति हुन स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्सलाई सहयोगी प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आर्थिक वर्ष भित्रमा सहयोगीलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्सले जानकारी दिएको छ ।

२०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्सले सहयोगीलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्ने जनाइएको छ । हाल सिटिजन्सको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने बताइएको छ । 

प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved