इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो २ अर्बको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 05:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले इटालीको अदालतमा २ अर्ब बढीको मुद्दा जितेको छ । बैंकले तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) सँग मुद्दा जितेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले आज अदालतले आफ्नो पक्षमा फैसला गरेको बिजपाटीलाई जानकारी दिए । उनले मुद्दा जितेपछि अब बैंकले पैसा फिर्ता ल्याउने प्रक्रिया सुरु गर्ने र त्यहाँको बैंकसँग पैसा दाबी गर्ने बताए।  

बैंकले यस अघिको मुद्दा हारेपनि पनि पुनरावेदनमा जाँदा मुद्दा जितेको हो ।  

के थियो मुद्दा ? 

इटालीयन ठेकेदार कम्पनी सिएमसिको माउ कम्पनी टाट पल्टीएपछी नेपालमा मेलम्ची खानेपानी र तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसि भागेको थियो। तनहुँ हाइड्रोको बैंक ग्यारेन्टी र ठेक्का सम्झौता पुरा भएपछी उक्त कम्पनी भागेको र तनहुँ हाइड्रोले लिखित पत्राचार गर्दा पनि उक्त कम्पनी नआएपछी २८ दिनको सुचना जारी गर्दै तनहुँ हाइड्रोले उक्त ठेक्का सम्झौता तोडेको थियो। 

ठेक्का तोडेसँगै तनहुँ हाइड्रो बैंकबाट जमानत वापतको करिब १ अर्ब ९२ करोड नेपाल इन्भेष्टमेन्ट बैंकबाट असुल गरेको थियो । बैंकले उक्त जमानतको लागि इटालीकै इन्टेसा सानपओलो बैंकबाट काउन्टर ग्यारेन्टी ल्याएको थियो । बैंकले तनहुँ हाइड्रोलाई जमानत रकम चुक्तानी गरेसँगै इटालीयन बैंकसँग दाबी गरेको थियो । 

ठेकेदार कम्पनीले भने नेपालमा काम गर्ने वातावरण नभएको तथा ठेकेदार कम्पनीले आफुमाथि छल गरेको लगायतका कारणले आयोजना छाड्नुपरेकाले बैंक ज्ञारेन्टी वापतको रकम भुक्तानी गर्न नसक्ने भन्दै स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोन्गा’ मा पुगेको थियो । त्यस समय उक्त अदालतले काउन्टर ग्यारेन्टी वापतको रकम नेपाली बैंकलाई भुुक्तानी गर्नुनपर्ने बताएसँगै नेपाल इनभेष्टमेन्ट बैकलाई समस्या परेको थियो । तर अहिले भने बैंकको पक्षमा फैसला भएको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved