नबिल बैंकद्वारा कोरोना कोषमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 06:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकक Nabil Bank Limited  ले कोरोना नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८६७.१५ रुपौयाँ सहयोग गरेको हो । 

उक्त रहकम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको जनाएको छ । मंगलबार उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइराला पनि उपस्थित थिए ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए । त्यस्तै बैंकका अध्यक्ष पौड्यालले बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved