बैंकिङ्ग प्रणालीमा तरलता अधिक बढेपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 01:23:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आज नेपाल राष्ट्र बैंकले २० अर्बको  रिभर्स रिपो जारी गर्ने भएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएपछि राष्ट्र बैंकले  रिभर्स रिपो मार्फत तरलता  प्रशोचन गर्न लागेको हो । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले तरलता अभाव हुँदा रिपो मार्फत बजारमा रकम पठाउने गर्दछ भने तरलता अधिक हुँदा रिभर्स रिपो मार्फत  तरलता  प्रशोचन गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टका अनुसार हाल बैंकिङ्ग प्रणालीमा ८४ अर्ब तरलता छ । लकडाउन सुरु भएपछि बैंकिङ्ग प्रणालीमा निक्षेप रकम वृद्धि भएको र ऋणको माग नआएकोले प्रणालीमा तरलता थुप्रिएको हो  ।

राष्ट्र बैंकले जारि गर्न लागेको रिभर्स रिपोमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन दिन सक्ने छन् । बोलकबोल आवेदन राष्ट्र बैंकले ३ बजे खोल्ने जनाएको छ । आफुसँग रहेको अधिक रकम बैंक तथा वित्तीय संस्थाहरुले रिभर्स रिपो मार्फत लगानी गर्दा उनीहरुले ब्याज रकम प्राप्त गर्ने छन् । ब्याज रकममा कर भने लाग्ने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved