सनराईज बैंकद्वारा लेखा तथा कर नीतिसम्बन्धी तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 05:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  र नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी उक्त कार्यक्रम अनलाईन वेभनार मार्फत सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आर्थिक वर्ष २०७७।७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाइ प्रशिक्षण गराएका थिए । शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पारेक थिए । 

कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनार मार्फत जोडिनु जोडिएका थिए । सदस्यहरुले उठाएकोे लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारिएको जनाइएको छ । साथै सम्बन्धि कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखि सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वीत बनाइने बैकले जनाएको छ ।

सनराईज बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिदै आएको जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved