बैंकहरु पूर्णरुपमा खुल्ला हुने, २ सिफ्टमा संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 05:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अब बैंक तथा तथा वित्तीय संस्थाहरु पनि २ सिफ्टमा संचालन हुने भएका छन्    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु, बैंक त्तहा वित्तीय संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो सिफ्ट १ बजेदेखि ६ बजेसम्म हुने जानकारी दिए  मन्त्रिपरिषदको निर्णयसंगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा पूर्णरुपमा सञ्चालन हुने भएका छन् । लकडाउनमा बैंकहरुले सिमित शाखाहरुबाट मात्रै सेवा दिदै आएका आएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved